तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई माल्दिभ्सको सामान्य लक्ष्य

पुरुष क्रिकेटमा नेपाललाई माल्दिभ्सको सामान्य लक्ष्य

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा कास्य पदकको लागि माल्दिभ्सले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सका लागि लिम साफेगले अविजित १९ जोडे । त्यस्तै, मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन बनाए ।

बलिङतर्फ नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button