तपाईँ सुन्दै हुनुहुन्छः

कृर्षिको बिकासको लागि तीन वटै तहहरु बीच प्रभावकारी समन्वय हुनु आवश्यक : मन्त्री भुषाल

फाइल तस्बिर

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले मुलुकको कृर्षिको विकासको लागि तीन वटै तहहरु बीच प्रभावकारी समन्वय हुनु आवश्यक भएको बताउनु भएको छ ।

कृर्षिलाई लेखनको क्षेत्र बनाएर कलम चलाउने पत्रकारहरुबाट मन्त्रालयमा शुभकामना ग्रहण गरेपछि मन्त्री भुषालले कृषिको प्रभावकारी समन्वयका लागि स्थायी प्रकारको संयन्त्रको आवश्यकता महशुस गरिएको बताउनुभयो ।

मन्त्री भुषालले कृषि मन्त्रालयका गतिविधलाई पारदर्शी र विधिसम्मत रुपले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुषालले मन्त्रालयको समग्र पक्षमा अध्ययन गरेपछि आगामी एक महिनामा मन्त्रालयलले अघि बढाउने विषय र प्राथमिकता सार्वजनिक गर्ने बताउनुभयो । उहाँले मुलुकको विकास र सम्वृद्धिको मुख्य क्षेत्र कृषिका विषयहरुलाई सञ्चार माध्यमहरुमा अझबढी स्थान दिन पनि संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

यसै बीच मन्त्री भुषालले कृषिको विकासमा समन्वय र सहकार्यका लागि सातै प्रदेशका कृषि मन्त्रीहरुसंग समेत आइतबारै मन्त्रालयमा छलफल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button