तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा जिप दुर्घटना हुँदा ११ जना घाइते, तीनको अवस्था गम्भीर

बागलुङ्ग । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ पोखराचौरमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् भएका छन् । घाईते मध्ये ३ को अवस्था गम्भिर छ ।

बराहाकोटबाट बरेङ बजार आउदै गरेको ध १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार रुपन्देही सैनामैना १ बनकट्टाका ४० बर्षीया श्याम बहादुर पुन, सोही ठाँउका ३५ बर्षकी दिल कुमारी पुन, बुटवल उपमहानगरपालिका १३ बेलबासका ६० बर्षिया मतिलाल श्रिस, बरेङ गाउपालिका–२ बराहाकोट बर्ष ३२ की बिष्णु श्रीष, सोही ठाँउकी इच्छा श्रीष, बुटवल उपमहानगरपालिका बेलबासकी तिलमाया श्रीस, बरेङ गाउपालिका २ की ५५बर्षीया तिल कुमारी छन्त्याल बराहाकोट ४० बर्र्षीया कमला बि.क बरेङ गाउपालिका २ तल्लोगाउकी २६ बर्षीया कमला पुन बरेङ गाउपालिका २ बराहाकोट ३९ बर्षीया सुस्मा पुन गुल्मी कालिकण्डकी गाउपालिका ७ का चालक २३ बर्षीया अनिल घर्तिमगर रहेका छन् ।

बरेङ गाउपालिका २ बराहाकोटका पुनहरुको कुल पुजामा पुगेर फर्किदै गर्दा १३ जना यात्रु सवार गाडी दुर्घटना भएको हो । पिकअप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।

घाइतेहरु सम्पुर्णको हुग्दिशिर स्वास्थ्य चौकीमा प्राथमिक उपचार भईरहेको छ । गम्भिर घाईतेहरु बिष्णु श्रीस, सुष्मा पुन, कमला बि.क. लगायत सात जनालाई बागलुङ्गका उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाईएको बागलुङ्गका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button