तपाईँ सुन्दै हुनुहुन्छः

युवक हत्यामा आरोपित चार जना सार्वजनिक

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २७ का २६ वर्षीय युवक अविनाश महत्तोको हत्या गरी शव गाड्ने चार जना आरोपित सार्वजनिक भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले आज कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले मंसिर १२ गते हराएका अविनाशको शव १५ गते उनको घर नजिकै फेला पारेको थियो ।

पक्राउ पर्नेमा भरतपुर महानगर, पर्साढाप बस्ने २६ वर्षीय दिपेन्द्र महत्तो, २७ वर्षीय कुमार महत्तो, २५ वर्षीय बिनोद कुमार महत्तो र २० वर्षीय बिजय महत्तो रहेका छन् । उनीहरु सबैलाई पांँच दिनको म्याद थपेर अनुसन्धान थालिएको चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान अनुसार १७ बर्षे किशोरीको सम्बन्धका कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । आरोपित किशोरीका आफन्त भएको कारणले हत्या आवेगमा आएर वा नियतबस भएको हो त्यो भने खुल्न बांँकी रहेको मल्लले बताउनुभयो ।

मंसिर १५ गते स्थानीयले मृतकको घर आसपासको क्षेत्रमा केही भाग गाडिएको र केही भाग देखिएको अवस्थामा शव देखिएको जानकारी लगत्तै प्रहरीले शव निकालेर पोष्टमार्टमा गरेको थियो ।

केही स्थानीयले प्रहरीलाई गलत सुचना दिएर घटनालाई भड्ढयाउन खोजेपनि मृतक अविनाशको मोबाईल फेला परेपछि कल डिटेल र अन्य अध्ययन पश्चात प्रहरीले अपराधीलाई पक्रउन गर्न सफल भएको मल्लको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button