तपाईँ सुन्दै हुनुहुन्छः

निजी आवस पुननिर्माण अन्तिम चरणमा

मेलम्ची । भुकम्पपछि सुरु भएको निजी आवस पुननिर्माण सिन्धुपाल्चोकमा करिब अन्तिम चरणमा पुगेको छ । गुनासो बाहेक अबको केही महिना भित्रै पहिलो चरणको पुननिर्माण सकिने पुननिर्माण प्राधिकराण अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

८६ हजार तीन सय ४६ लाभग्राहीले पहिलो किस्ता लिएकोमा ७४ हजार छ सय १८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुननिर्माण अन्तिम अन्तिम भएपनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ । पुननिर्माण प्राधिकरणको कार्य्विधि अनुसार अन्तिम लेन्टल राखेपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् तर तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही धेरै भएको जिल्ला आयोजना कार्यन्वयन इकाई(भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो । ७४ हजारले अन्तिम किस्ता लिएपनि करिब २५ सय लाभग्राहीले किस्ता लिएपनि छानो नहालेको पाइएको निरौलाले बताउनुभयो ।

‘कार्य्विधि अनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकाश गर्नु पर्ने व्यवस्था छ, तर लाभग्राहीले छानो भने नहालेको देखियो’,े–‘किस्ता लिएको लामो समय हुँदा सम्म लाभग्राहीले छानो नै हालेनन् । पुननिर्माण सम्पन्न पछि प्राधिकरणले लाभग्राहीहरुलाई पुननिर्माण सम्पन्न भएको प्रमाण पत्र दिने गरेको छ । सबै प्रक्रिया पुरा गरेपछि हामी प्रमाण–पत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाण पत्र दिन सकिँदैन’, निरौलाले भन्नुभयो ।

वडा–वडामा खटिएका प्राविधिकहरुले छानो राख्नका लागि लाभग्राहीहरुलाई आग्रह गरेपनि अटेर गरेको उनले बताउनुभयो । ‘वास्तविक पीडितहरुले किस्ता नलिएपनि छानो हालेर बस्न सुरु गरिसकेका छन्, अटेर गर्नेहरु वास्तवीक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौं’, प्रमुख निरौलाले भन्नुभयो ।

भुकम्प पीडितहरुले लिएको दोस्रो किस्ताको तथ्यांक हेर्ने हो भने अब जम्मा ३ हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण सुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार तीन सय ४६ लाभग्राही मध्ये ८२ हजार तीन सय ६६ ले दोस्रो किस्ताबापतको एक लाख हाता पारीसकेका छन् । दोस्रो किस्ताको तथ्यांक हेर्दा अब सात हजार पा सय मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनसो बाहेक आउने दशै भित्र सबै लाभग्राहीहरुले नयाँ घर पाउने जिल्ला आयोजना कार्यन्वयन इकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button