तपाईँ सुन्दै हुनुहुन्छः

महिला क्रिकेटमा नेपालले जित्यो कास्य

काठमाडौँ । १३ औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक हात पारेकाे छ ।

पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १ ओभर १ बलमा लक्ष्य पुरा गर्यो ।

महिला क्रिकेटमा नेपालले जित्यो कास्य

नेपालका लागि रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोड्दा अलआउट भएको थियो । माल्दिभ्सको एमा ऐस्थाले १ रन बनाउँदा अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालकी अन्जली चन्दले ४ विकेट लिइन् । यस्तै रुबिना क्षेत्रि र सिता राना मगरले समान २/२ विकेट हात पारे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button