तपाईँ सुन्दै हुनुहुन्छः

आज काठमाडौं उपत्यकामा यो वर्षकै धेरै चिसो

काठमाडौं । काठमाडौं उपत्यका यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । काठमाडौँमा दिन दिनै चिसो बढिरहेको छ । हिजो ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । आजदेशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button