तपाईँ सुन्दै हुनुहुन्छः

‘कालापानी–लिपुलेक सिमा बिवादको समाधान कुटनैतिक तवरबाट खोजीनु पर्ने’

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारतमा बिशेष प्रतिनिधि पठाउने सोचमा सरकार रहेको बताउनु भएको छ ।

प्रेस संगठन नेपालद्धारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलन अध्यक्ष प्रचण्डले भारत सरकारसंग कुटनैतिक पहलका लागि बिशेष दुत पठाउनेबारे छलफल भएपनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कालापानी–लिपुलेक सिमा बिवादको समाधान कुटनैतिक तवरबाट खोजीनु पर्ने उल्लेख गर्दै अहिले नै त्यस बिषयलाई अन्तराष्ट्रियकरण गरिहाल्नु पर्ने वेला नभएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक ब्यवस्थालाई बदनाम हुने गरी केहीस् तत्व सलबलाइरहेकाले त्यसको रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनु्भयो ।

संचारक्रर्मीको ज्ञिजासमा अध्यक्ष प्रचण्डले भारतीय पूर्व विदेश सचिव श्यामशरणको अभिव्यक्ति अशोभनिय र दृष्ट्रिदोष भएको टिप्पणी गर्नुभयोे । सरकारले जनअपेक्षा अनुसार बिकासको गति लिइरहेको उल्लेख गर्दै उपनिर्वाचनको परिणाम सन्तोषजनरुपमा लिन सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button