तपाईँ सुन्दै हुनुहुन्छः

२३ स्वर्णसहित नेपाल पहिलो स्थानमा

अजय बम । काठमाडौमा जारी १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा नेपाल २३ स्वर्ण ७ रजत र ११ कास्य सहित पहिलो स्थानमा रहेको छ ।

श्रीलंका ५ स्वर्ण १३ रजत १४ कास्य सहित दोस्रो स्थानमा रहेको छ । भारत १० स्वर्ण १२ रजत ६ कास्य सहित तस्रो स्थानमा छ । बगंलादेशले ४ स्वर्ण ३ रजत १४ कास्य हात पारेको छ त्यसै गरी पाकिस्तान ४ स्वर्ण ९ रजत ४ कास्य पदक प्राप्त गरेको छ भने भुटान २ कास्य र माल्दिभस १ स्वर्ण सहित पुछारमा रहेको छ ।

नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सीमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५–२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५–२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५–२० ले गुमायो ।

पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो ।

पुरुष फुटबलमा नेपालले भुटानमाथि सानदार जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १–१ गोल गरे ।

पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंका यू –२३ सँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल यात्रा अब अन्य टोलीको नतिजा र रन रेटमा पनि निर्भर रहनुपर्ने हुन्छ ।

१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button