तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार माध्यमहरुले समावेशी सामाग्री प्रसारण गर्नुपर्छ’

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार माध्यमहरुले समावेशी सामाग्रीहरु प्रसारण गर्नु पर्ने बताउनु भएको छ ।

रेडियो नेपाल प्रसारण सेवा विकास समितिको आयोजनामा आज कैलालीको धनगढीमा भएको समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारणसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो ।

उहाँले सञ्चार माध्यमलाई व्यवस्थापन गर्नको लागि प्रदेश सरकारले पनि गृहकार्य गरिरहेको बताउदै रेडियो नेपाललाई पनि प्रदेश स्तरमा व्यवस्थापन गर्न सघाउने बताउनु भयो ।

नागरिकहरुका लागि सबै भन्दा सर्वसुलभ र सजिलो सञ्चार माध्यम रेडियो भएकाले रेडियो नेपालले समय सापेक्ष कार्यक्रम सञ्चालन नगरे श्रोतहारु गुम्ने खतरा रहेको बताउनु भयो ।

संघीय मामिला तथा कानुनमन्त्री प्रकाश शाहले हाम्रो देशका नागरिकहरु विविधतामा एकता भएर बसिरहेकाले रेडयो अर्थात सञ्चार माध्यमहरुले पनि समावेशी समाग्रीहरु उत्पादन र प्रसारण गर्नु पर्ने बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले भाषाबिना मानिसको अस्तित्व नै नहुने भएकाले विभिन्न भाषामा समाचार र कार्यक्रमहरु सञ्चालन गरी रेडियो नेपालले भाषा र सस्कृति संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पदमराज जोशी र शिवनारायण रानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलका प्रमुख ववेलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रेडियो नेपालका रिर्पोटिङ शाखा प्रमुख प्रमोद दाहालले गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा करिब एक दर्जन व्यक्तिले आ आफ्नौ सुझाव राख्नुभएको थियो ।

भानुभक्त जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल, कार्यक्रम महाशाखा प्रमुख नवराज लम्साल, व्यापार महाशाखाका पुस्कर बरालले रेडियो नेपालले उत्पादन तथा प्रसारण गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button