तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालय भवन उद्घाटन

विराटनगर-विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो । उन्नाइस वटा वडा रहेको महानगरपालिकामा वडा नं. ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन् ।

वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ । वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ । अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button