तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको गढीमाईमा कांग्रेस, पर्साको सखुवाप्रसौनी र बाराको बारागढीमा समाजवादी विजयी

बीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५, बाराको बारागढी गाउँपालिका १ र रौतहटको गढीमाई नगरपािलका वडा नम्बर २ मा मतगणना सम्पन्न भएको छ ।

शनिबार भएको उपनिर्वाचनमा पर्साको सखुवाप्रसौनी र बारागढीमा समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् भने रौतहटको गढीमाईमा कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।

सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ को वडाअध्यक्ष पदमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव एक हजार ३१ मत ल्याई विजयी हुनु भएको छ ।

उँहाका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका असेश्वर प्रसाद यादवले आठ सय १९ मत ल्याउनु भएको छ । यसैगरी नेकपाका उदयशंकर रौनियार दुई सय ३२, राप्रपा सदरी महरा ८ र स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद साह १६ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत कृष्ण ढुंगेलले जानकारी दिनुभयो ।

कुल मतदाता दुई हजार छ सय दुई रहेको सो वडामा दुई हजार एक सय २८ मत खसेको थियो भने २२ मतबदर भएको थियो ।

यसैगरि बारागढी गाँउपालिका वडा नम्बर १ मा सम्पन्न निर्वाचनमा समाजवादी पार्टीकै सुरेश प्रसाद चौधरी वडाअध्यक्षमा बिजयी हुनुभएको छ ।

एक हजार नौ सय ५५ कुल मत मध्ये चौधरीले सात सय ४९ मत ल्याई बिजयी भएको निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो । उनका निकटतम प्रतिद्धन्द्धी नेकपामा शंकर चौधरीले छ सय ७२ मत ल्याएका छन् भने नेपाली काँग्रेसका तस्विरिया थरुनीले चर सय ७१ मत प्राप्त गर्नुभएकी छिन् ।

उता रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । सात सय ७१ मत ल्याएर श्रेष्ठ विजयी हुनु भएको हो । श्रेष्ठले नेकपा उम्मेदवार जवार मियालाई एक सय ७५ मतको अन्तरले हराउँदै विजयी बन्नुु भएको निर्वाचन अधिकृत छाटेलाल दासले बताउनुभयो ।

नेकपाका उम्मेदवार जवार मियाले पाँच सय ९६ मत प्राप्त गर्नु भएको थियो । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले एक सय २२ मत ल्याउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button