तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा प्रारम्भिक मत परिणाम सार्वजनिक

बागलुङ । बागलुङ जिल्लाको क्षेत्र नं.२ (ख) को प्रदेश सभा सदस्यको लागी भएको उपनिर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका १, वुर्तिवाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवै केन्द्रको मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनले अग्रता लिनुभएको छ । शेरचनले ५२५ मत प्राप्त गर्नुभएको छ भने संयुक्त बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाहीले ३८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै समाजवादी पार्टीका अशोक विकले ७०, स्वतन्त्र उमेद्वार शेरमान घर्तीले ९, स्वतन्त्र उमेद्वार सन्तोष भण्डारीले ६ मत र राप्रपा संयुक्तका निम बहादुर भण्डारीले २ मत प्राप्त गर्नुभएको छ ।

सो वडामा १० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहल बागलुङमा मतगणना भईरहेको छ । ३५ हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार २९५ मत खसेको थियो । जहाँ दुई स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् । मतगणना स्थलमा सुरक्षाको लागिी तारजालीकोसमेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button