तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा मतगणना सुरु

बागलुङ । बागलुङ जिल्लाको क्षेत्र नं.२ (ख) को प्रदेश सभा सदस्यको लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

जिल्ला समन्वय समितिको सभाहल बागलुङमा मत गन्न सुरु गरिएको हो । राति अबेर मात्रै मतपेटिका सदरमुकाम ल्याइएको र बिहान सर्वदलिय बैठकपछि भर्खर मत गन्न सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङ कै पश्चिम दुर्गम स्थानमा निर्वाचन भएकोले मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको हो । ३५ हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार २९५ मत खसेको थियो ।

सो क्षेत्रमा नेपाली काँग्रेसका जित शेरचन र नेकपाको समर्थन पाएका राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जहाँ २दुर्ई स्वतन्त्रसहित १० जना उमेद्वार रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button