तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाभित्र सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी छ महिनाभित्रमा सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको छ ।

हाल कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान पार्किडस्थल ९एप्रोन०, अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ ।

घाघरा खोलाको मार्ग परिवर्तन, सबारी साधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । हाल विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दरीकरण र साजसज्जाका काममा कामदारहरु खटिएका छन् ।

एशियाली विकास बैंक ९एडिबी०को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष ९ओएफआइडी० र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा दुईसय ७० जनाभन्दा बढी कामदार परिचालन भएका विमानस्थल परियोजना कार्यालयले जनाएको छ ।

तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ थालिएको छ जुन आगामी साता पूरा हुनेछ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई सनान्तर ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button