तपाईँ सुन्दै हुनुहुन्छः

सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत मटकोर विधि सम्पन्न

 जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर विधि सम्पन्न भएको छ ।

जनकपुरधामको जानकी मंन्दिरवाट भगवान राम र सीताको मानव स्वरुप बाजा गाँजासहित जनकपुरधामको गंगासागरमा मटकोर विधि सम्पन्न भएको छ । नेपाली सेनाको व्याण्ड सहित हजारौ नरनारीसहित गंगासारमा मटकोर विधि सम्पन्न थियो ।

विभिन्न प्रकारको परम्परागत गीत संगित सहित मिथिलाको परम्पराअनुसार मटकोर विधि सम्पन्न भएको छ । माता जानकीको स्वरुपले नै गंगासागरवाट माटो खनेर ल्याउने र सोही माटो विवाहको वेदीमा प्रयोग गर्ने चलन रहेको छ ।

यस अघि नगर दर्शन, फूलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव कार्यक्रम सम्पन्न भैसकेको छ । मटकोर विधिको नेतृत्व जानकी मंन्दिरका उत्तराधिकारी महन्थ एवं विवाहपञ्चमी महामहोत्सव मूल समितिका अध्यक्ष रामरोशन दास वैष्णको अगुवाईमा सम्पन्न भएका थिए ।

मटकोर पछि गगासागरमा प्रत्येक दिन हुने गरेको महागंगाआरति अन्तर्गत विषेश गंगाआरति पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा भारतको अयोध्यावाट आएका जन्तिहरु पनि सहभागि रहेका थिए ।

मटकोर विधि हेर्नका लागि गंगासार क्षेत्रमा भारी संख्यामा तीर्थयात्रीहरुको सहभागिता रहेका थिए । खास गरेर जनकपुरधामको गंगासारलाई विषेश रुपमा सजाउने कामकाज भएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button