तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मतदान जारी, ५० प्रतिशत मत खस्यो

फाइल तस्बिर

सल्यान । सल्यानको कुमाख गाउँपालिका ५ को वडाअध्यक्षको उपचुनावमा ५० प्रतिशत मतदान भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । साडे १ बजेसम्म क मतदान केन्द्रमा पाँच सय र ख केन्द्रमा चार सय १६ गरी नौ सय १६ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरीबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडामा अहिलेसम्म चुनाव शान्तिपूर्ण भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

एक हजार आठ सय ३९ मतदाता रहेको वडामा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । २०७४ मा भएको स्थानीय तहको चुनावमा तत्कालिन माओवादीका हरी प्रकाश बुढाथोकी भारी मतले विजयी भएका थिए ।

मतगणना आज नै हुने
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले मतगणना आजबाटै हुने जनाएको छ । आज बेलुका ६ बजेबाट मतगणना हुने गरी सम्पूर्ण तयारी गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button