तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा शान्तिपूर्वक मतदान

मेलम्ची । वडा अध्यक्षका लागि उपनिर्वाचनको मतदान शान्तिपूर्वक रुपमा शुरु भएको छ । इन्द्रावती गाँउपालिका वडा नं ८ मा बिहान ७ बजेबाट मतदाता मतदान गर्ने लाइनबद्ध छन् । अहिले सम्म एक सय मत खसेको बताइएको छ ।

सो वडामा एक हजार चार सय ४ जना मतदाता रहेका छन । मतदान शन्तिपूर्वक र कुनै पनि भयरहित तरीकाले हुदैं गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी खेमराज थापाले जानकारी दिनुभयो ।

मतदान स्थलमा सूरक्षाकर्मीले तीन घेरामा सूरक्षा दिई रहेका छन । निर्वाचन पूर्ण सूरक्षित वातावरणमा भइरहेको जानकारी दिइएको छ ।

नेकपाबाट केदारनाथ आचार्य, नेपाली काँग्रेसबाट राले तामाङ, राप्रपाबाट रन बहादुर तामाङ र राप्रपा संयुक्त ढक बहादुर श्रेष्ठ वडा अध्यक्षका उम्मेदवार रहनुभएको छ ।

गत बर्ष सो वडाका अध्यक्ष धन बहादुर श्रेष्ठको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button