तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि कास्कीका मतदान केन्द्रमा पाँच हजार पाँच सय भन्दा बढी कर्मचारी खटिए

पोखरा । शनिवार हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनका लागि पाँच हजार पाँच सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ । सबै कर्मचारीहरु मतदात केन्द्रहरुमा खटिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारीहरुले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षिय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनिय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन तथा मतदाता परिचयपत्र र मतदान केन्द्र निर्माण गर्ने छन् ।

निर्वाचनलाई भयरहित वातावरण मा सम्पन्न गर्नको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई सरोकारवाला निकाय, विभिन्न राजनितिकदलहरु,स्थानियवासी लगाएतलाई सहयोग गर्न आयोगले आग्रह समेत गरेको छ ।

उपनिर्वाचनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको जिल्ला प्रशासन कार्यलय कास्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button