तपाईँ सुन्दै हुनुहुन्छः

बरामद गरिएको ५८ किलोग्राम चरेस नष्ट

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ५८ किलोग्राम चरेस नष्ट गरेको छ । कार्तिक ३० गते सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पाँच जनालाई ५८ किलो लागुऔषध चरेससहित बर्दिया प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडक बाटोबाट पक्राउ गरिएको थियो ।

श्ुक्रबार जिल्ला अदालत बर्दियाका प्रतिनिधी, गुलरिया नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रतिनिधी तथा प्रतिवादीहरुसमेतको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक रामशंकर कोहारले बताउनु भएको छ ।

पुर्वी रुकुम घरभई हाल दाङ घोराई नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोकामगरलाइ पक्राउ गरेको कोहारले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button