२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

विवाहपञ्चमी कार्यक्रमको लागि राष्ट्रपति भण्डारी जनकपुरधाममा

अजय कुमार झा २०७६ मंसिर १३ गते ११:३१

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको चौथो दिनको कार्यक्रममा सहभागि हुनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज जनकपुरधाम आउनुभएको छ ।

नेपाली सेनाको विषेश हेलिकप्टरबाट जनकपुरधाम आएपछि राष्ट्रपति भण्डारीले सोझै जानकी मंन्दिरमा पुगेर विषेश पूँजा अर्चना गर्नुका साथै प्रसाद ग्रहरण गर्ने कार्यक्रम रहेको छ ।

पूजा लगतै राष्ट्रपति भण्डारी जनकपुरधामको ऐतिहासिक बाह्र विघा रङ्गभूमि मैदानमा आयोजना हुने विषेश कार्यक्रममा सरिक हुनु हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले रङ्गभूमि मैदानमा नै भारतको रामजन्मभूमि अयोध्यावाट आएको जन्तिलाई स्वागत गर्नुका साथै संबोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सोही कार्यक्रममा आयोजना गरिने जानकी लिला सहितको सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नु हुने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति भण्डारी दिउसो मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रपतिको सम्मानमा मधेश भवनमा आयोजना गर्नु हुने दिवाभोजमा पनि सरिक हुनु हुने कार्यक्रम छ ।

जनकपुरधाममा हुने विभिन्न कार्यक्रमहरुमा सरिक भएर राष्ट्रपति भण्डारी आजै काठमाण्डौ फर्किने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिको जनकपुरधाममा आउने कार्यक्रमलाई दृष्टिगत गरेर जनकपुरको सुरक्षा व्यवस्था निक्कै कडा बनाइएको छ ।

भारतवाट यस पटक विवाहपञ्चमी महामहोत्सवमा सहभागि हुनका लागि विश्वहिन्दू परिषदका मन्त्री राजेन्द्र सिंह पंकजको अगुवाई तथा रामजन्मभूमि अयोध्याका सदस्य महन्थ कमलनयन दास जी महाराजको नेतृत्वमा दुई वटा रथ, झाकी सहितक ५ सय विशिष्ट साधु सन्त, महन्थहरु जन्तिको रुपमा हिजै जनकपुरधाम आईपुग्नु भएको छ ।

यसै गरि परम्परादेखि चल्दै आएको तिलकोत्सव विधि पनि जनकपुरधाममा आजै हुन लागेको छ । वाह्र विघा रङ्गभूमि मैदानको कार्यक्रम पछि जानकी मंन्दिरवाट महन्थ रामतपेश्वर दास वैैष्णवको अगुवाईमा १ हजार १ कोसेली ( भार ) सहित भगवान रामको तिलकोत्सव गर्नका लागि वेहुली पक्षवाट राममंन्दिरमा जाने कार्यक्रम छ ।

उक्त ठाउँमा राजा जनकको भूमिकामा जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास तथा दशरथको भूमिकामा राममंन्दिरका महन्थ रामगिरीले सहभागि भएर वेहुली पक्षवाट तिलक गर्नका लागि आएकाहरुलाई स्वागत गर्नुका साथै सम्धिमिलन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको संयोजन श्रीराम युवा कमिटिले गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित