तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

बाँके-उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो ।

उहाँले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो । सुन्दरीजल हँुदै चिसापानी आउने क्रममा उहाँले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । सो क्रममा उहाँले बिपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गर्नुभएको थियो । उपराष्ट्रपति पुनले वाग्मती सुधार आयोजनाको पनि अवलोकन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button