तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले चोरीका मोटरसाईकलसहित तीन जना व्यक्तिहरु पक्राउ गरेको छ ।

जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.८ स्थित जि.ट्रा.प्र.का.बर्दियाका कार्यालय प्रमुख प्र.ना.नि.लोकेन्द्रबहादुर मल्ल र यस कार्यालयको मोवाईल गाडी डिउटी कमाण्डर प्र.स.नि.महाविर चौधरीको सयूक्त सवारी चेकजाँच टोलीले सवारी चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकलसहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनीहरुबाट भे ९ प ३७४५ , भे ७ प ४७७३ र भे ९ प ९०९६ रातो कालो रङको तीन वटा १५० सि.सि.को पल्सर मोटरसाईकल, पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेमा बढैयाताल गा.पा.वडा नं.८ बस्ने बर्ष अन्दाजी २९ को राम बहादुर नेपाली , बर्ष ३३ को दिनेश ढकाल र सोही ठाँउ बस्ने बर्ष ३३ का अशोक क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button