तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क आँखा शिविरमा एक हजार १५० जनाको चेकजाँच

बारा । बाराको औराहामा भएको तीन दिने निःशुल्क आँखा शिविरमा एक हजार १५० जनाले आँखा चेकजाँच गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ४ औराहामा सञ्चालन गरिएकोे निःशुल्क आँखा शिविरमा एक हजार १५० जनाले ओपिडी चेकजाँच गराएका थिए । जसको ८३ जनाको सफल सल्यक्रिया गरिएको छ । मंसिर ८,९ र १० गतेसम्म सञ्चालन भएको निशुल्क आँखा शिविरको हिजो एक कार्यक्रमको आयोजना गरी समापन गरिएका छ ।

सोही कार्यक्रममा समाजसेवी कासिम मियाले आफ्नो स्व.आमा फतमा खातुनको नाममा औराहामा आँखा अस्पताल निर्माणका लागि ५ कठ्ठा जग्गा दान दिने उद्घोष गर्नुभएको छ । जसको बजार मुल्यमा करिब दुई करोड रहेको छ ।

आँखा शिविर समापन कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका प्रदेशसभा सदस्य सुन्दर वि.क.ले आँखा अस्पतालको लागि विभिन्न स्थान हेर्दा उपयुक्त नभएपछि समाजसेवी कासिम मियाले आफ्नो मुल्यवान जग्गा दिएर गरेको सेवा प्रति सम्मान गर्दै प्रसंशा समेत गरेका थिए ।

जीतपुरसिमराको केन्द्र विन्दु रहेको औराहामा ब्यवस्थित आँखा अस्पताल निर्माण हुदै गर्दा यस क्षेत्रका जनताको लागि स्वाथ्स्य क्षेत्रको सरल पहुंच पुग्ने बताउनुभयो । आँखा शिविरमैं निशुल्क सल्यक्रियासमेत भएकोमा स्थानिय निकै हर्षित थिए ।

कार्यक्रममा नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनाली, बरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारी, कार्यकारी निर्देशक दमन बहादुर घले, बरिष्ट नेत्ररोग बिशेषज्ञ डा.कमल बहादुर खड्का, संविधान सभा सदस्य जयराम दाहाल, नेकपाका बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, समाजसेवी कासिम मिया, ईलाका प्रहरि कार्यालय सिमराका प्रमुख डि.एस.पि. गोविन्द पुरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button