२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पेस्तोलसहित उदयपुरमा एक युवा पक्राउ

गजेन्द्र राई २०७६ मंसिर १२ गते १३:२२

उदयपुर । कटुवा पेस्तोलसहित उदयपुरमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रे बस्ने बर्ष १९ को मनोज खत्री रहेको छ ।

उनलाई कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढामगरले बताएका छन् ।

एसपी बुढामगरका अनुसार पक्राउ परेको खत्रीले स्थानीय बर्ष १८ को विश्व खड्कालाई पेस्तोल देखाउदै कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरिएको थियो ।

उनलाई बुधबार साँझ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । खत्रीसंगै कुटपिटमा संलग्न एक युवा भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित