तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पेस्तोल सहित उदयपुरमा एक युवा पक्राउ

उदयपुर । कटुवा पेस्तोल सहित उदयपुरमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रे बस्ने बर्ष १९ का मनोज खत्री रहेका छन् ।

उनलाई कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढामगरले बताउनुभयो ।

पक्राउ परेका खत्रीले स्थानीय बर्ष १८ को विश्व खड्कालाई पेस्तोल देखाउदै कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनलाई बुधबार साँझ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । खत्रीसंगै कुटपिटमा संलग्न एक युवा भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button