तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका मतदान केन्द्र तोकिएका विद्यालयमा सार्वजनिक बिदा

पोखरा । मङ्सिर १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि बिहिबारदेखि पोखराका २९ भन्दा बढी विद्यालयहरुमा बिदा हुने भएको छ ।

निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाका २९ विद्यालयमा मतदान हुने भएकाले बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

मतदानका लागि तयारी गर्नु पर्ने भएकाले मतदान नसकिंदासम्म मतदान केन्द्र तोकिएका विद्यालयमा सार्वजनिक बिदा दिइएको हो । निर्वाचन केन्द्र नतोकिएका यहाँका अन्य विद्यालयहरुमा नियमित पठनपाठन हुनेछ ।

उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिलारहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button