तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन २०७६ : हतियार प्रहरीलाई बुझाउन आग्रह

अछाम । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै अछाम जिल्लामा व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको छ ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्षको उपचुनाव हुन लागेकाले निर्वाचनको सुरक्षालाई ध्यानमा राखी व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले सुचना जारी गर्दै व्यक्तिसँग भएका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार मंसिर १४ गते हुन लागेको उपचुनावलाई शान्तीपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्देशन गरीएको अछाम प्रहरीले जनाएको छ ।

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button