तपाईँ सुन्दै हुनुहुन्छः

लाखौँ मुल्यको छोकडासहित पिकप प्रहरी नियन्त्रणमा

बारा । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलील लाखौँ मुल्य पर्ने छोकडा (छोहरा) सहित पिकप नियन्त्रणमा लिएको छ ।

प्रहरी निरिक्षक अपूर्व ढुंगाना नेतृत्वको टोलीले जिल्ला बारा आर्दशकोतवाल गाउँपालिका वडा नं. ६ स्थित सडकमाबाट छोकडा सहित पिकप पक्राउँ गरेको हो ।

पक्राउपर्नेमा पिकअप चालक रौतहट चन्द्रपुर नगरपालिका वडा न. ६ मा बस्ने बर्ष २३ सुजन राई रहेका छन् ।
राईले ना.४ च.१७०८ नम्बरको पिकप गाडीमा करिब ३ लाख ४ हजार ६ सय ९३ रुपैया मुल्य बराबरको २ हजार ५ सय २० किलो छोकडा शंकास्पद अवस्थामा फेला पारेको प्रहरी नायब उपरिक्षक रंजित सिँह राठोरले जानकारी दिनुभयो ।

वरामद छोकडा तथा गाडी चालक सहित आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button