तपाईँ सुन्दै हुनुहुन्छः

‘तराई मधेशको समस्या समाधानमा कुनै कसर बाँकी राखिँदैन’

कलैया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले तराई मधेशको समस्या समाधानमा आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

बाराको निजगढमा आयोजित कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले तराई मधेशको विकासका लागि सङ्घीय सरकार समेत लागिपरेको बताउँदै आफूले पनि सरकारलाई दबाब सिर्जना गर्ने बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले तराई मधेशको ‘लाइफलाइन’ भनेको हुलाकी राजमार्ग रहेको र त्यसका कामहरु पनि तीव्र रुपमा गर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले बाराको टङ्गिया बस्तीको व्यवस्थापन निकै चुनौतीपूर्ण भए पनि त्यसलाई चाँडै नै व्यवस्थापन गरी अन्तराष्ट्रिय विमानस्थल बनाउने काम शुरु गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button