तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नुपर्ने बाध्यता हट्यो

नेपालमा अब आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको र यो प्रणली यही मंसिर ८ गतेदेखि लागू भएको जनाएको छ ।

अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो ।

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक चाहिने छैन । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको छ ।

बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो ।

यो प्रणालीको कार्यान्वयन संगै बजारमा तरलताको व्यवस्थापनमा सहजता आउने र समयमा कारेबारको राफसाफ गर्न समेत मद्धत पुग्ने अपैक्ष राष्ट्र बैकले गरेको छ ।

राष्ट्र बैकले यो व्यवस्था हाल बाणिज्य बैकहरुमा लागु भएको र आगामी दिनमा क्रमश अन्य बैक तथा वित्तीय संस्थाहरुमा पनि कार्यान्वयनमा लैजाने मंगलवार एक विज्ञप्ती प्रकाशित गरेर जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button