तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबल खेलाडीलाई तीन लाख नगदसहित सम्मान

काठमाडौं।अर्थमन्त्री डा.यूवराज खतिवडाले खेल पुरुस्कारको रकममा उल्लेख्य बृद्धि गरिने बताउनुभएको छ ।१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सहभागिहुने खेलाडिलाई आज काठमाडौंमा सम्वोधन गर्नुहुंदै मन्त्री खतिवडाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा खेलाडिलाई दिईदै आएको रकममा बृद्धि हुने बताउनुभयो ।मन्त्री खतिवडाले मुलुकका सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निमार्णका लागि बजेट बिनियोजन भइसकेकोले आगामि दिनमा पूर्वाधारको कमि नहुने स्पस्ट पार्नुभयो ।

महिला भलिबल खेलाडीलाई तीन लाख नगदसहित सम्मान
मन्त्री खतिवडाले नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न खेल पर्यटनको महत्वपूर्ण भुमिका हुने हुंदा पाहुंना खेलाडिहरुको स्वागत र सम्मानमा कुनै कमि हुन नदिन सवैको साथ सहयोग मिल्ने विश्वास ब्यतm गर्नुभयो ।कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले यहि मंसीर १५ देखि २४ गते सम्म सन्चालन हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को सम्पूर्ण तयारि पुरा भएको बताउनु भयो ।

मन्त्री विश्वकर्माले सानो लगानिमा नेपाली खेलाडिले महत्वपूर्ण उपलब्धि हांसील गरेको भन्नुहंदै पूर्वाधारको कमिका कारण अब अन्तराष्ट्रिय स्तरका प्रतियोगिता नरोकिने बताउनुभयो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलाडिको मिहिनेत,संघर्ष र प्रशिक्षण हेर्दा १३ औं सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास ब्यतm गर्नुभयो ।

कार्यक्रममा एशियालि सेन्ट्रल जोन बिजेता महिला भलिवल खेलाडिलाई जनही ३ लाख नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम लगत्तै अर्थमन्त्री डा.खतिवडाले भुकम्प पछि पुननिमार्ण गरिएको दशरथ रंगशालाको स्थलगत अनुगमन र निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button