तपाईँ सुन्दै हुनुहुन्छः

आज मुलुकभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज मुलुकभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button