तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश राजधानीको विषय छिट्टै टुङ्गिन्छ : अध्यक्ष प्रचण्ड

मकवानपुर। नेपाल कम्युनिष्ट पाट्रि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रदेशको राजधानी र नामाकरणको विषय छिट्टै टुङ्गिने बताउनुभएको छ । चितवनबाट हेटौंडा हुँदै २ नम्बर प्रदेशतर्फ जाने क्रममा आज प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अन्य मन्त्री तथा कार्यकर्ताहरुसंगको भेटका क्रममा उहाँले राजधानी र नामाकरणको विषय प्रदेश सरकारले छिट्टै टुङिग्याउने बताउनुभएको हो ।


अध्यक्ष प्रचण्डले राजधानीको विषयमा अल्झिदा विकास निर्माणको कुरा अघि बढ्न नसक्ने भन्दै यो विषयलाई टुङ्गाएर विकास निर्माणमा केन्द्रीत हुनपर्ने बताउनुभको छ । उहाँले आफुले नेकपाको अध्यक्षको हैसियतले राजधानीको विषय टुङ्ग्याउन मद्दत गर्ने समेत प्रचण्डले बताउनुभयो । देशमा संक्रमणकाल समाप्त भएको भन्दै उहाँले अव सबैको उदेश्य विकास निर्माणमा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । बितेको दुई वर्ष सबै तहका सरकार र पार्टीमा कर्मचारी समायोजनलगायत समस्याले केहि संक्रमण देखिएता पनि अब त्यस्तो अवस्था नरहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

दुई अध्यक्षका बारेमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देश चलाउने र आफुले पाट्री सचालनको जिम्मा पाएकाले देश दौडाहामा लागेको बताउनुभएको छ । अहिले हुन गईरहेको उप चुनावमा नेकपाको माहोल राम्रो भएको दावी गर्दै उहाँले बाहिर प्रचार गरिएको जस्तो निराशाजनक स्थितीमा नेकपा नरहेको समेत दावि गर्नुभयो । कार्यकर्तालाई सम्बोधन गर्नुपुर्व अध्यक्ष प्रचण्डले ३ नम्बर प्रदेशका मुख्यमन्त्री, सभामुख तथा मन्त्रीहरुसंग गोप्य छलफल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button