तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष फुटबल टिमको कप्तानी सुजल श्रेष्ठले गर्ने

काठमाडौं । मंसिर १५गतेदेखि शुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष फुटबल टिमको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।

नियमित कप्तान विराज महर्जन र कार्यवहाक कप्तान किरण चेम्जोङ सागको टिममा नभएपछि सुजलले सागमा कप्तानी गर्ने भएका हुन् ।

सागको टिममा २३ वर्ष माथिका तीन जना खेलाडी मात्रै राख्न पाइने प्रावधान । सिनियर तीन खेलाडीमा विकेश कुथु र विक्रम लामा पनि रहेका छन् ।

सागका लागि नेपाली टिमको घोषणा भएपछि स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र दिनेश राजवंशी अनुशासनको कारबाहीमा परेपछि नयाँ तीन जना खेलाडीलाई पनि समेटिएको छ ।

उनीहरुको ठाउँमा राजेश परियार, राजीव लोप्चन र प्रेजेन तामाङ रहेका छन् । नेपाली टिमले सोमबार साँढे ४ वर्षपछि औपचारिक रुपमा अभ्यासका लागि दशरथ रंगशालामा टेकेको छ ।

२०७२ बैशाख १२ गते गएको महाभूकम्पका कारण क्षतिग्रस्त बनेको रंगशाला पुनर्निर्माण नभएकाले त्यस यता खेलाडीहरुले अभ्यास गर्न पाएका थिएनन् । रंगशालाको विकल्पको रुपमा सातदोबाटोमा नियमति प्रशिक्षण गर्दै आएका थिए । पहिलो पटक दशरथ रंगशाला पुगेपछि नेपाली फुटबल टिमका खेलाडीहरु निकै उत्साहित देखिएका थिए ।

कप्तान सुजलले धेरैपछि रंगशालामा खेल्न पाउँदा आफू निकै उत्साहित र खुसी भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button