तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै अभियान सञ्चालन

काठमाडौँ – नेपाल ट्रेड युनियन काँग्रेसले सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी अनौपचारिक तथा स्वरोजगारक्षेत्रका श्रमिकहरुका लागि सुरक्षा योजना सन्चालन गराउन र श्रमिकले खाईपाई आएको सुविधा कटौती हुने र दोहोरो कर लाग्नेजस्ता प्रावधान संशोधन गर्न पनि सरकारलाई दबाब दिईने कार्यक्रम युनियनको सम्पन्न राष्ट्रिय भेलाले पारित गरेको युनियनका महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो ।

भर्खेरै सम्पन्न युनियनको राष्ट्रिय भेलाले पारित गरेका प्रस्ताव सार्वजनिक गर्न आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुष्कर आचार्यले मुलुकका तल्लो तप्कामा रहेका मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न युनियन संगठन सुदृढ एवं मजदुरसँग सम्बन्धित कानुन निर्माणमा सरकारलाई सहयोग गर्नेजस्ता कार्यमा लागिरहेको जानकारी दिनुभयो ।

युनियनको राष्ट्रिय भेलाले श्रमजिवीको पेशागत सुरक्षा र विकास, सरकारद्धारा श्रमिकहरुका लागि ल्याईएका सामाजिक सुरक्षाका योजना तथा कार्यक्रमहरुको प्रभावकारीताका लागि विभिन्न्न कार्यक्रम संचालन लगायतका १५ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button