तपाईँ सुन्दै हुनुहुन्छः

३८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरबाट सवारीचालक अनुमति परीक्षामा फेल भएका १२ सय ८४ जनालाई पास बनाई गैरकानुनी लाभ लिएको अभियोगमा तत्कालीन कार्यालय प्रमुख एवं उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालयमा रहेको अभिलेख लगायतका कागजात नोक्सान गरेको र लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा ३८ जना कर्मचारीविरुद्ध जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाण्डौमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तत्कालिन कार्यालय प्रमखु आनन्द केशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मी लगायतविरुद्ध मुद्दा दायर गरिएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button