तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा भीषण आगलागी, लाखौँको क्षति

जुम्ला – चन्दननाथ नगरपालिका २ निवासी विष्णु भण्डारीको घरमा भिषण आगाली भएको छ । पुरानो चन्दननाथ नगरपालिकाको कार्यालय रहेको उक्त घरमा आगाली भएको हो ।

आज बिहान १०ः०० बजे भएको आगलागी अझै नियन्त्रणका आउन सकेको छैन् । विपद व्यवस्थापनका सयन्त्रहरु कमजोर हुँदा आगो नियन्त्रण समयमै हुन नसकेको हो । जसका कारण लाखौँको क्षति भएको छ । चन्दननाथ नगरपालिकामा रहेको दमकलमा पानी नहुँदा समयै आगो नियन्त्रणमा लिन नसकिएको डिएसपी लाल बहादुर धामीले बताए । उनका अनुसार बजारको बाटो साघुरो भएकोले दमकललाई पानी ल्याउनै ठिक्क भयो ।

शुरुमा दमकल आउँदा पाँच मिनेट पानी हान्यो । पानी ल्याउन जाँदा जाममा परेपछि एक घण्टा घरमा दनदनी आगो बलि रहयो । नियन्त्रण गर्ने कुनै उपाय थिएन । तेस्रो तल्ला पुरै जलि सकेपछि दमकलले पानी ल्यायो । तर चार पटक सम्म दमकलले पानी ल्याउँदासमेत आगो नियन्त्रण हुन सकेको छैन् । २५ कोठा रहेको घरमा १६ जना भाडामा बस्दै आएका थिए । आगलागी भएको दुई घण्टाको अवधिमा कम्तीमा ५ वटा ग्यास सिलिण्डर पट्किएका थिए ।

आगो नियन्त्रण बाहिर रहेपनि नेपाल प्रहरी, सशस्त्र, स्थानीयकोले भने आगो नियन्त्रणलाई जारी राखेका छन् । घरमा कोठा भाडामा बस्द आएका भगवती शाहि, तुल्सी शाहि, कौसिला शाहीलगायतका १६ जनाको सबै खाने, ओड्ने ओछ्याउने सबै जले नष्ट भएको छ । भने पुरै घर जलेर नष्ट भएको छ । तर आगलागी नियन्त्रण जारी छ ।

प्रहरीका अनुसार आगलागी किन र कसरी भयो भन्ने विषयमा एकिन जानकारी आउन सकेको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button