तपाईँ सुन्दै हुनुहुन्छः

हाडजोर्नी शिविरमा ७५ जनाको निःशुल्क शल्यक्रिया


सल्यान– जिल्ला अस्पतालमा सञ्चालन सल्यालमा भएको बृहत निःशुल्क हाडजोर्नी शिविरमा ७५ जनाको शल्यक्रिया गरिएको छ । पाँचदिनसम्म सञ्चालन भएको शिविरमा ५३ जनाको मेजर अप्रेशन गरिएको हो भने २२ जनाको माइनर अप्रेशन गरिएको हो ।

आर्थिक विपन्नताका कारण जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने र जिल्ला बाहिर गएर पनि उपचार सफल नभएका विरामीहरुको शल्यक्रिया गरिएको सल्यानी युवा सञ्जालले जनाएको छ ।

पाँच दिनसम्म चलेको शिविरमा दुई सय ७८ जनाको चेकजाँज गरिएको सल्यानी युवा सञ्जालका महासचिव तेजकिरण वलीले बताए ।

शिविरमा हातखुट्टा भाँचिएर बांगो भएका, उपचार गर्न मिल्ने अपांगता, रड हाल्नु पर्ने तथा निकाल्नु पर्ने विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको विशेषज्ञ डा. श्यामेन्द्र सिहंले जानकारी दिए । उनले भने ‘लामो समय ८देखि १० वर्षसम्म स्टिल, रड, किला, तार राखेका विरामीहरुको संख्या बढि देखियो जुन हड्डी पलाउदा निकाल्न निकै गाह्रो हुने गर्दछ । साथै आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका विरामीहरुको निःशुल्क शल्यक्रिया गरियो ।’

द माउन्टेन मोबाइल हस्पिटल र सोलुखुम्बु पोलिटेक्निकल एकेडमीका मुख्य सर्जन बेल्जियमका डा. पियर सुट, हाडजोर्नी विशेषज्ञ डा. मिङमार शेर्पा , विशेषज्ञ डा. श्यामेन्द्र हिंह लगायतको १० जनाको टोलीले उचारकाका साथै अप्रेशन गरेको थियो ।

बिरामीहरुको खान, बस्नसहितको सुविधा दिएको शिविरमा सल्यानका दश वटै स्थानीय तह र छिमेकी जिल्ला रोल्पा, रुकुम, दाङ र जाजरकोटबाट समेत बिरामीहरु आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button