तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर पर्वतमा एकको मृत्यु


पर्वत । खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर पर्वतका एक यूवाको मृत्यु भएको छ । आज बिहान चिर्दीखोलामा माछा मार्ने क्रममा करेण्ट लाग्दा पैयुँ गाउँपालिका–७ भोर्लेका ३२ बर्षिय सुर्यवहादुर थापाको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर भएका थापाको उपचारका क्रममा बालिङ प्राथमिक उपचार केन्द्र स्याङजामा मृत्यु भएको हो ।

बिहान ४ः०० बजे करेण्ट लागेका थापाको बिहान १०ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button