तपाईँ सुन्दै हुनुहुन्छः

खाल्डोमा जमेको पानीमा डुबेर दुई वालकको मृत्यु,आफ्नै घाटी काटेर आत्महत्या

भद्रपुर, झापा । भद्रपुर । झापाको दमक–१ स्थित रतुवा खोलामा निर्माणाधीन पूलका लागि खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा शनिबार दुई बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खाल्डोमा पौडी खेल्नेक्रममा दमक–१ निवासी ९ वर्षीय आयुष उपरकोटी र पाँचथरको फाल्गुगन्दमा घर भई दमक–१ मा डेरा गरी बस्ने १२ वर्षीय भिषण चेम्जोङको डुबेर मृत्यु भएको हो ।

विद्यालय विदा भएकोले शनिबार दिउँसो दुबैजना पौडी खेल्न भनी रतुवा खोलातर्फ गएको र खाल्डोमा मृत अवस्थामा दुबैलाई भेटिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

यसैगरी, दमक–६ निवासी ४२ वर्षीय राजीव निरौलाले आफ्नै घाँटी चक्कुले काटेर आत्महत्या गरेका छन् । चक्कुले घाँटी काट्दा गम्भीर घाइते भएका दाहालको उपचारको क्रममा विराटनगरस्थित नोवेल हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button