तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक टर्चको र्याली सुरु

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्याली शुक्रबारदेखि सुरु भएको छ ।

सातै प्रदेशका मुख्य शहरमा पुर्याइने टर्चको र्याली स्वयम्भु स्टुपादेखि सुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली सुरु भएको थियो ।

टर्च लिएपछि र्यालीमा सहभागी हुने ओलम्पियनहरुले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट र्यालीका लागि प्रस्थान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button