तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्व पीडितको समस्या चाडै समाधान हुन्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्व पीडितहरुको समस्या चाडै नै समाधान हुने बताउनुभएको छ ।

द्वन्द्व पीडित साझा चौतारीले आज काठमाडौंका आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले मुलुकमा धेरै ठूलो जोखिम र आँटले शान्ति सम्झौताका बाँकी काम टुङग्याउँदै द्वन्द्व पीडितहरुको समस्या पनि चाडै समाधान गरिने बताउनुभयो ।

द्वन्द्व पीडितहरुको समस्याका विषयमा सवैको समान चिन्ता रहेको र यसलाई टुङ्ग्याउने विषयमा पनि अन्तर हृदयदेखि नै सबैको सहमति रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले समाधानका लागि सकारात्मक वातावरण बन्दै गएको भन्दै यससँग सम्बन्धित ऐन संशोधन, निर्माण र आयोग गठनका लागि समान रुपमा अघि बढाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग दुवैलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

उहाँले शान्ति सम्झौता र त्यसपछि भएका राम्रा कामको चर्चा र राजनीतिक नेतृत्वले खेलेको भूमिकाको समिक्षा गर्नसमेत आग्रह गर्नुभयो ।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले द्वन्द्व पीडितहरुको समस्या समाधान गरेर विश्वमा नमुना प्रस्तुत गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button