तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको चुरियामाई नजिक भएको दुर्घटनामा परी आमाछोराको ज्यान गएको छ ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना४६ प२५०४ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउदै गरेको ना ५ ख९०५५ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने २६ वर्षीया तिर्थ कुमारी राई र निजकै छोरा १ बर्षीय आहान चौधरी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाईते भएका आमा छोराको मकवानपुरको हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button