तपाईँ सुन्दै हुनुहुन्छः

रंगशालाको भिआइपी प्याराफिटतर्फ छानो हाल्ने कार्य तीव्र गतिमा

अजय बम । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन हुने त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भिआइपी प्याराफिटतर्फ छानो हाल्ने कार्य तीव्र गतिमा शुरु गरिएको छ ।

साग नजिकिदै गर्दा भिआइपीतर्फको छानो हाल्ने कार्य नसकिने हो कि भन्ने चिन्ता बढेपनि एक साताभित्र छानो हाल्ने कार्य सकिने राखेपले जनाएको छ ।

चीनमै रोकिएको छानो एयर कार्गोमार्फत निर्माणस्थलबाट गोन्जाओ हुँदै चाईना साउथन एयरलाईन्समार्फत एक साताअघि नेपाल आइपुगेको थियो ।

गत शुक्रबारबाटै छानो हाल्ने कार्य थालनी गरिने बताएपनि डिजाइन र साइजमा फरक हुँदा ढिला गरी बुधबारबाट कार्य शुरु भएको हो । प्याराफिटमा लाग्ने भन्दा ठुलो साइजको छानो रहेका कारण फिटिङमा समस्या भइरहेको छ ।

तर, राखेपले एक साताभित्र छानो हाल्ने कार्य सकिने जनाएको छ । राखेपका अनुसार १० गते सम्म फिटिङ लागि समय लाग्ने भएको छ । छानोका लागि १९ वटा पोल र ट्रस खडा भइसकेका छन् ।

साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने कार्य सम्पन्न भइसकेको छ । अहिले साधारण प्याराफिटतर्फ सिट (कुर्ची) हाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । भीआईपीतर्फ भने छानो हाल्ने कार्य १० गते भित्र सकिएपछि कुर्सि हालिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button