तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा ७३ हजार मतदातालाई शिक्षा दिन ५२ जना जनशक्ति परिचालन

घोराही – आगामी मंसिर १४ गते हुने उपनिर्बाचनका लागि दाङमा मतदाता शिक्षा सञ्चालन गर्न ५२ जना जनशक्ति परिचालन गरिएको छ । निर्बाचन कार्यालय दाङले मतदाता शिक्षाका लागि ५२ जना जनशक्ति परिचालन गरेको हो ।

दाङमा हुने दुई पदका लागि मंसिर १४ गते मतदानका लागि शिक्षा दिन नमुना मतपत्रसहित ५२ जना जनशक्ति परिचालन गरिएको छ । निर्बाचन क्षेत्र नम्बर ३ को २ मा ५० जना परिचालन भएका छन् भने घोराही १६ मा २ जना परिचालन भएको निर्बाचन कार्यालय दाङले जनाएको छ ।

फिल्डमा खटिने जनशक्तिलाई तालिम दिएर खटाएको निर्बाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिनुभएको छ । आजदेखि उनीहरुले बस्तीस्तरमा पुगेर मत कसरी हाल्ने, मतपत्र कसरी पट्याउनेलगायतका बिषयमा जानकारी गराउने जनाइएको छ ।

दाङमा एक प्रदेश सांसद र एक वडाध्यक्ष पदका लागि निर्बाचन हुदैछ । मत बदर कम गर्नका लागि आगामी मंसिर ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम जारी रहने निर्बाचन कार्यालय दाङले जनाएको छ ।

दाङमा ७३ हजार एक सय ७२ जना मतदाताले उपनिर्बाचनका लागि सहभागी जनाउँदै छन् । प्रदेश सांसदका लागि ६७ हजार सात १९ मतदाता रहेका छन् भने वडाध्यक्ष पदका लागि ४ हजार ४ सय ५३ जनाले सहभागीता जनाउने निर्बाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button