तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको फाइनलमा

घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ ।

सरस्वती चौधरीको उच्च प्रदर्शनमा नेपालले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

एकपक्षीय बनेको खेलमा नेपालले पहिलो सेटमा २५–७ को सहज जित निकाल्यो । सरस्वतीले उच्च प्रदर्शन गर्दा घरेलु टोलीका खेलाडी निरिह बनेको थियो । पहिलो सेटमा सरस्वतीले ७ अंक जोडेकी थिइन् ।

दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई विश्राम दिएपनि प्रतिभा माली, कप्तान अरुण शाही, सुनिता खड्का र निरुता ठगुन्नाले उच्च प्रदर्शन गर्दा नेपाल २५–६ को सेटमा विजयी हुन सफल भयो ।

तेस्रो सेटमा पनि नेपालीले टोलीले उच्च प्रदर्शनलाई निरन्तरता दिदै खेल २५–६ ले अफ्नो पक्षमा पार्दै ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।

च्याम्पियनसिपको तीन खेलमा नेपालले कुनै पनि सेट गुमाएको छैन । जितसँगै अपराजित रहेको नेपालले ३ खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ८ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

पराजित बंगलादेश ३ अंकसहति चौथो तथा ४ अंक जोडेको किर्गिस्तान तेस्रो स्थानमा छ । अफगानिस्तानले कुनै अंक जोड्न सकेन ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले बिहीबार उपाधिका लागि खेल्नेछन् । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफका लागि बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button