तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक स्वास्थ्य केन्द्रको स्थापनासँगै स्थानीयमा खुशियाली

मेलम्ची – ईन्द्रावती गाउपालिकाको वडा नंम्बर ११ बोडगाउँमा सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । डाक्टर तथा नर्ससहित चार शैयाको सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपछि यहाँका स्थानीयमा खुशि छाएको छ ।

यस स्वास्थ्य केन्द्रबाट दात, स्त्रीरोग, मातृशिशु कक्ष, अल्ट्रासाउण्ड र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष बँशलाल ताँमाङले जानकारी दिनुभयो । नेपाल फाउन्डेसन, सेन्जा कोन्फिनोलगायत सस्थाको प्राबिधिक सहयोगमाा स्वास्थ्य केन्द्रको स्थापना गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

नवनिर्मित सामुदायिक स्वास्थ्य केन्द्रबाट इन्द्रावती गाउँपालिकाको भिमटार, भोटसिपालगायत स्थानका स्थानीय बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछ्न ।

यसबाट यस क्षेत्रमा मातृशिशु मृत्युदर घट्ने तथा स्वास्थ्य केन्द्रमा प्रसुति गराउनेको सङ्ख्या बढने गाउँपालिकाले बिश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button