तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधी र कर्मचारी बिचको द्वन्द्धले बिकास निर्माण प्रभावित

डडेल्धुरा – वर्षाले भत्किएका र पहिरोले अवरुद्धभएका ग्रामीण सडकहरूमा अझै गाडी गुड्न सकिरहेका छैनन् । भागेश्वर गाउँपालिकाको रुपाल जोड्ने सडकमा आएको पहिरो सफाई नगर्दा स्थानीयले आन्दोलन नै गर्नुर्यो ।

ग्रामीण सडकहरूको पहिरो हटाउन गाउँपालिकाले ३४ लाखभन्दा बढीबजेट छुट्याएको थियो तर जनप्रतिनिधि र कर्मचारी बिचको द्वन्द्वले गर्दा दशैंअगावै भइसक्नुपर्ने काम तिहार सकिदासमेत सुचारु हुन सकेको छैन । प्रशासकीय अधिकृत र जनप्रतिनिधि बिचको द्वन्द्वले सडक मात्र होइन, अधिकांश विकास बजेटसमेत प्रभाबित भएको छ ।

बिकास निर्माणतर्फ खर्च गर्नेमा दुवै पक्षबीच कुरा मिल्न नसक्दा विकास निर्माणका काम प्रभावित मात्रै भएका छैनन् गत बर्ष झण्डै ४२ लाख रकम फ्रिज नै गएको थियो । यो भागेश्वर गाउँपालिकाको समस्या मात्र होइन डडेल्धुराका अधिकास स्थानीयतहहरुको समस्या उस्ता उस्तै छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button