तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय घर धुरीलाई मुआब्जा बितरण गरे लगतै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल उडान सुरु हुने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको काम दु्रत गतिमा अंगाडी बढेको बिमानस्थल जनाएको छ । मुख्य संरचना डिसेम्बर सम्म तयार गर्ने लक्ष्यका साथ मार्चको अन्तीम सम्म सकेर उडान योग्य बनाउने भनेर अंगाडी बढेको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारीले बताउनु भयो ।

निराशा हुनु पर्ने अवस्था छैन । सोही अनुसार काम गरेका छौँ अधिकारीले भन्नु भयो । चिनियाँ ठेकेदारले काम गरिरहेको छ । स्थानिय ठेकेदार बीचको केही बिबादका कारण सम्पन्नमा केही ढिलाई भएको अधिकारी बताउनु हुन्छ ।
मुआब्जा बितरणमा २ सवा दुई सय घर धुरी लाई मुआब्जा बितरण गर्नु पर्ने छ । बढीमा ३ अरब मुआब्जा भुक्तानी गर्नुपर्ने छ अधिकारीले भन्नु भयो । स्थानीय बासीले सरकारले कडाईका साथ नियमन गरि मुआब्जा बितरण छिटो गरेका जनस्तरबाट सहयोग हुनुका साथै बिमानस्थल समेत छिटो बन्ने बताउँछन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव भोलाले मुआब्जालाई छिटो टुग्याए बिमानस्थ बन्ने नत्र भने ढिलाई हुने बताए । जनताको मागलाई बेवास्ता गरे बिमानस्थल रोक्न जनता उत्रिने अध्यक्ष यादवले दाबी गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button